
काठमाडौँ, चैत २८ :
नेपाल शिक्षक महासंघ र सरकारबीच भएको वार्ता सहमति बिना नै टुङ्गिएको छ ।
सहमति नभएपनि अर्को वार्ताका लागि वातावरण बनेको शिक्षा मन्त्रालयका प्रवक्ता शिव सापकोटाले जानकारी दिए । महासंघले यसअघि भएको सहमतिलाई ध्यानाकर्षण गराउँदै सरकारी वार्ता टोलीलाई आज पत्र बुझाएको छ ।
मागका बारेमा विस्तृतमा छलफल भएपनि टुङ्गोमा पुग्न नसकेको शिक्षक महासंघका प्रतिनिधिहरूले जनाएका छन् ।