शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
अर्थतन्त्र

विशेष अदालतको आदेश : पोखरा विमानस्थल निर्माणको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउनू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ११ मिनेट अगाडि प्रकाशित
विशेष अदालतको आदेश : पोखरा विमानस्थल निर्माणको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउनू
काठमाडौं, कात्तिक २० :

विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भुक्तानी र चीनबाट लिइएको ऋणको विवरण पेश गर्न आदेश दिएको छ। 

विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइका क्रममा शुक्रबार विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले आवश्यक कागजात तथा विवरण सम्बन्धित निकायबाट झिकाउन आदेश दिएको हो।

अदालतले मुख्य गरी भुक्तानी र ऋण गरी दुई विषयमा विवरण माग गरेको छ।अदालतले  विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना सीएएमसीले भुक्तानीका लागि पेस गरेका बिल र सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋणको कुल रकमको विवरण झिकाउन आदेश दिएको छ।

विमानस्थल निर्माणमा भएको कुल खर्चको वास्तविक विवरण यकिन गर्न अदालतले सम्बन्धित निकायबाट कागजात मगाएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार