काठमाडौं, चैत २९ :

‘छोरी पढाऔं : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानवअधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको पाँचवर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत ३३ जना विपन्न दलित समुदायका बालिकालाई चौथो वर्षको छात्रवृत्ति प्रदान गरिएको छ ।

मोरङको थलाहामा आज (शुक्रबार) आयोजित कार्यक्रममा कटहरी गाउँपालिका, थलाहास्थित जनता माविका २६ र धनपालथान गाउँपालिका दादर बैरियाको सरस्वती माविका सातजना गरी कक्षा ८ मा अध्ययनरत ३३ बालिकालाई वर्ष २०८१ को चौथो वर्षको छात्रवृत्ति रकम प्रदान गरिएको समाजले विज्ञप्तिमार्फत जनाएको छ । समाजकी उपनिर्देशक सरिता पौडेलका अनुसार प्रत्येक बालिकालाई १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

शान्ति समाज मोरङ शाखाका सभापति जीवन ढकालको सभापतित्वमा भएको कार्यक्रममा शान्ति समाजकी केन्द्रीय सभापति रेनुका पौडेल, महासचिव प्रकाश शाही, जनता माविका सञ्चालक समिति अध्यक्ष मोहनलाल विश्वास, प्रधानाध्यापक सुनील राई, वडाध्यक्ष मनोजकुमार माझी, छात्रवृत्ति प्राप्त गर्ने बालिका आशिकाकुमारी सरदारलगायत वक्ताले शान्ति समाजद्वारा सञ्चालित बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पारेका थिए ।

२०७८ सालबाट प्रारम्भ भएको पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरुले चारजना, रामप्रसाद जोशीले दुईजना, अपूर्वा शर्माले दुईजना र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गरेका छन् ।

यसैगरी अधिकारकर्मी रामकृष्ण बराल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, गोविन्द खनाल, कृष्णबहादुर रावल, किरण ढकाल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल र लक्ष्मी बरालले चौथो वर्षको यो छात्रवृत्ति अभियानका लागि सहयोग गरेको पनि समाजले जनाएको छ ।