काठमाडौँ, चैत ३१ :

आईसीसी यू- १९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

मुलपानीस्थित मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । 

खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

अघिल्लोपटक नेपालले यूएईमाथि नै जित निकालेर विश्वकपमा छनोट भएको थियो ।

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी छनोटबाट शीर्ष हुने टोली आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू- १९ विश्वकप खेल्नेछन् ।