काठमाडौँ, भदौ १३ :

नेपाली बजारमा ८ सय रुपैयाँले बढेर सुनको मूल्यमा आज नयाँ कीर्तिमा कायम भएको छ । 

मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले वृद्धि भई हालसम्मकै नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको  छ ।

आज सुन तोलामा एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि हुँदै एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।