शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कर्णाली प्रदेश

स्काभेटर दुर्घटना, चालकसहित दुईजनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ वैशाख, २०८२ मा प्रकाशित
स्काभेटर दुर्घटना, चालकसहित दुईजनाको मृत्यु
हुम्ला, वैशाख १ :

हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा चङ्खेली गाउँपालिका- २का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार उनीहरु दुवैजनाको उपचारका क्रममा मृत्यु भएको हो । 

चङ्खेली गाउँपालिकाको लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा  प्रदेश नम्बर २-०३- ००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ ।  

चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा दुवैजना घाइते भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार