बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार लुम्बिनी प्रदेश

नारायणगढ-बुटवलको दाउन्ने क्षेत्रमा रातको समयमा सवारी बन्द गरेर सडक विस्तार

रातको समयमा ६ घण्टा सवारीसाधन रोकेर दाउन्ने खण्डको सडक मर्मत तथा विस्तार गरिँदै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ वैशाख, २०८२ मा प्रकाशित
नारायणगढ-बुटवलको दाउन्ने क्षेत्रमा रातको समयमा सवारी बन्द गरेर सडक विस्तार
नवलपरासी, वैशाख २ :

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट- बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सोमबार रातीदेखि रातको समयमा राजमार्ग बन्द गरी सडक बिस्तारको काम सुरु भएको छ ।

दाउन्ने खण्डमा गएराति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

यही वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने नारायणघाट- बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने तयारी

गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।

दाउन्नेको पहाडी क्षेत्रमा एक सय १० मिटर पहाड कटिङका काम बाँकी रहेकाले रातको समयमा पहाडको भित्ता काट्न सडक बन्द गरिएको उनले बताए ।

दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने तयारी छ । सडक पटक-पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार