काठमाडौँ, वैशाख २ :

जाजरकोटमा पुन: भूकम्प गएको छ ।

सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि मंगलबार बिहान ४ बजेर ५३ मिनेट जाँदा पुन: अर्को भूकम्प गएको हाे ।

कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर मंगलबार बिहान ४. ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको क्षतिबारे विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्प गएको स्थान कुशे गाउँपालिका वडा नम्बर ९ मा पर्छ ।
 

जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प