काठमाडौँ, वैशाख ३ :

काठमाडौँमा जारी आईसीसी यू- १९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ ।

यो खेल बिहान ९ः३० बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुने छ ।

नेपालले अहिलेसम्म खेलेका दुवै खेल जितेको छ । आजै अफगानिस्तानले यूएईसँग खेल्दै छ ।