शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
राजनीति मधेस प्रदेश

उपेन्द्र यादव भन्छन्- गणतन्त्र कसैले चाहेर पनि समाप्त हुँदैन

‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
उपेन्द्र यादव भन्छन्- गणतन्त्र कसैले चाहेर पनि समाप्त हुँदैन
जनकपुर, वैशाख ३ :

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उद्घाटन सत्रमा उनले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैले चाहेर पनि समाप्त नहुने बताए ।

उनले केही व्यक्ति र केही शक्ति मिलेर लोकतन्त्रलाई समाप्त गरेर देशमा राजतन्त्र ब्युँताउने प्रयास गरिरहे पनि जनता सजग र चनाखो भएकाले उनीहरुको प्रयास असफल हुने उनको भनाइ छ ।

अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनतामा आक्रोश र निराशा रहेकोसमेत उल्लेख गरे । देशमा विद्यमान नकारात्मक र निराशाजनक परिस्थितिको जिम्मेवार वर्तमान सरकार रहेको र उनीहरुलाई आउने दिनमा जनताले निर्वाचनमार्फत जवाफ दिने उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार