काठमाडौँ, वैशाख ४ :

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ।  साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू- भागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू- भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। 

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक- दुई स्थानमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशको पहाडी भू- भागका केही स्थानहरू र बाँकी भू- भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै कोशी प्रदेशको एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  देशको उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । 

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू- भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक- दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।