आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार बागमती प्रदेश शिक्षा

शान्ति विद्या गृहलाई वडाले दियो २० वटा डिजिटल बोर्ड

पूर्वाधार र प्रविधि प्राप्त भएपछि शिक्षकले दक्षता बढाउनुपर्छ : वडाध्यक्ष तिवारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ वैशाख, २०८२ मा प्रकाशित
शान्ति विद्या गृहलाई वडाले दियो २० वटा डिजिटल बोर्ड
काठमाडौं, वैशाख ४ :

काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।

विद्यालयमा आज (बिहीबार) आयोजना गरिएको कार्यक्रमबीच वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई सामान हस्तान्तरण गरे । प्रदान गरिएका बोर्डहरु ६५ इन्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट ४३ लाख ५९ हजार ५४० रुपैयाँ मूल्यमा सामान प्राप्त गरेको हो ।

बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भने, ‘पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हुन् । यसको सही उपयोग भएन भने नतिजा आउँदैन । यसकारण शिक्षकहरुले आफूलाई समयसापेक्ष रुपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक परे महानगरपालिकाले उपलब्ध गराउन सक्छ ।’

उनले विद्यालयका लागि करिब ४० लाख रुपैयाँ लागतबराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको बताउँदै प्रक्रिया टुंगिएपछि जडान हुने बताए । वडाबाट गरिएको यो लगानी विद्या गृहलाई महानगरपालिकाभित्रकै नमुना विद्यालयका रुपमा विकास गर्नका लागि रहेको तिवारीको भनाइ छ ।

वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न महानगरपालिकाका कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको छ । यो विद्यालय २००४ सालमा स्थापना भएको हो ।

कार्यक्रममा उमेर हदका कारण अनिवार्य अवकाशमा गएकी प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बिदाइसमेत गरियो । त्यसै अवसरमा विद्यालयका सहायक प्राचार्य विष्णुप्रसाद ढकाललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार