काठमाडौं, वैशाख ८ :
औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ ।
‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ ।
विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको औषधिहरूको नमूना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त ब्याच नं का औषधिहरू न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई सूचनामार्फत निर्देशन दिइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
पछिल्लो २४ घण्टामा १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते
मन्थलीमा आठ विद्यालयका १०२ छात्रालाई छात्रवृत्ति,दुई शिक्षक सम्मानित
एनपीएलको पुरस्कार राशिमा वृद्धि : विजेताले डेढ करोड र उपविजेताले ८० लाख प्राप्त गर्ने