
काठमाडौं, वैशाख १० :


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षासम्बन्धी संशोधित तालिका सार्वजनिक गरेको छ ।
यसअघि वैशाख ११ देखि परीक्षा गर्ने भनिए पनि मंगलबार आकस्मिक रुपमा पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थियो ।
बोर्डले वैशाख २१ देखि हुने गरी कक्षा १२ को संशोधित तालिका आज (बुधबार) सार्वजनिक गरेको हो ।