शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

वामदेव गौतम भन्छन्- एमालेले ढोका बन्द गर्‍यो, माधव नेपालसँग वार्ता सुरु भएको छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ वैशाख, २०८२ मा प्रकाशित
वामदेव गौतम भन्छन्- एमालेले ढोका बन्द गर्‍यो, माधव नेपालसँग वार्ता सुरु भएको छ
काठमाडौं, वैशाख १३ :

नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि वार्ता भइरहेको बताएका छन् ।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतमले रासससँगको अन्तर्वार्तामा पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग वार्ता सुरु भएको बताएका हुन् ।

‘पार्टी मात्रै खोलेर राम्रो हुँदैन । कम्युनिस्ट पार्टीबीचमा एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले नेकपा एकीकृत समाजवादीसँग एकताका निम्ति छलफल भइरहेको छ,’ उनले भनेका छन्, ‘अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेतासँग वार्ता सुरु भएको छ ।’

यसअघि पार्टी एकताका लागि नेकपा एमालेसँग पहल गरेको तर उसले पहिले आऊ भनेर पछि ढोका बन्द गरेको गुनासो पनि गौतमले गरेका छन् ।

‘केही समयपहिला नेकपा एमालेसँग पार्टी एकताका निम्ति पहल गरिएकामा उहाँहरूले एकता हुँदैन, प्रवेश गर्न आए स्वागत छ भन्नुभयो,’ उनले भनेका छन्, ‘त्यहीअनुसार तयार भइयो, उहाँहरूले नै ढोका बन्द गर्नुभयो ।’ आफ्ना लागि दुवै पार्टी एमाले नै भएको पनि उनले बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार