आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ वैशाख, २०८२ मा प्रकाशित
वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम
काठमाडौं, वैशाख १३ :

सरकारले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेकपा एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै १९ गते नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिए ।

‘१९ गते नीति तथा कार्यक्रम हामी पेस गर्छौँ,’ उनले भने,‘२० गते हामी संसदीय दलको बैठक बस्छौँ । त्यसदिन हामी १९ गते पेस भएको नीति तथा कार्यक्रम सम्बन्धमा दलका नेताहरु र विज्ञहरुसमेतबाट पनि फिडब्याक लिन्छौँ ।’

नीति तथा कार्यक्रमअनुसारै सरकारले बजेट बनाउने गर्छ । प्रत्येक वर्ष जेठ १५ गते संसद्‍‍मा बजेट प्रस्तुत गरिने संवैधानिक व्यवस्था छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार