काठमाडौं, वैशाख १५ :

प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ । बैठकमा दलहरुका सांसदले आफ्ना धारणाहरु प्रस्तुत गरिरहेका छन् ।

संघीय संसद सचिवालयका अनुसार आज विभिन्न ४ वटा सम्भावित कार्यसूची तय छन् ।

यस्तै बैठकमा  सभामुख देवराज घिमिरे प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।  यसैगरी बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष ०७९/८० र ०८०/८१ पेस गर्ने कार्यसूची छ ।

बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक,२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

मन्त्री पन्तले नै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसुची पनि तय छ ।
हेर्नुहोस् लाइभ :