
काठमाडौं, वैशाख १८ :
स्वास्थ्यमा समस्या देखिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छन् ।
उनी काठमाडौंको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् । उनको सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
बुधबार नै अस्पतालमा भर्ना भएकी श्रेष्ठ पार्टी एकता घोषणा कारण सहभागी हुन अस्पतालबाटै कार्यक्रम स्थल पुगेकी थिइन् ।
त्यसक्रममा उनका श्रीमान् रेशम चौधरी पक्राउ र रिहाइको घटनाले उनी राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त हुँदा थप समस्या भएको थियो।उनी पुन: उपचारका लागि आज बिहान ग्रान्डी अस्पताल पुगेकी हुन् ।