
काठमाडौं, वैशाख १८ :
बूढानीलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा पर्सि (शनिबार) बाट ‘बूढानीलकण्ठ फाइट नाइट’ प्रतिस्पर्धा हुने भएको छ ।
गोल्फुटारको बास्केटबल ग्राउन्डमा हुने फाइट नाइटको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका प्रोफेसनल युवा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
यसअन्तर्गत मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्यान्डका असादाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
अन्य ६ वटा खेलमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ भने दुईवटा खेलमा नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिस्पर्धापछि उत्कृष्ट तथा सबै सहभागी खेलाडीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्रसमेत वितरण गरिनेछ ।