भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी-किट) कलेजमा नेपाली छात्रा प्रिशा साह मृत भेटिएको प्रकरणमा नयाँदिल्लीस्थित नेपाली दूतावासले छलफल थालेको छ ।
दूतावासले शुक्रबार विज्ञिप्ति जारी गर्दै घटनाबारे ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य भारतीय निकायहरुसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ ।
त्यस्तै कलेजका प्रतिनिधिहरुलाई आज (शुक्रबार) बिहान दूतावासमा बोलाएर उक्त घटनाबारे जानकारी लिएको बताइएको छ । नेपाली विद्यार्थी छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दूतावासलाई बिहीबार राति मात्रै थाहा भएको समेत विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै मृतकका परिवारसँग पनि निरन्तर सम्पर्क गरिरहेको दूतावासले जनाएको छ ।