बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २९ मिनेट अगाडि प्रकाशित
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
काठमाडौं, कात्तिक १९ :


नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

काठमान्डुको जितमा अस्ट्रेलियन खेलाडी डेभिड वार्नरले अविजित ४४ रन बनाए। उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। अर्का अस्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित अविजित २३ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गरे। ओपनर साहिल पटेल १० रन बनाएर आउट भए। विराटनगरका अपराजित पौडेलले एक विकेट लिए।

यस जितसँगै काठमान्डुले तीन खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा पराजित भएको काठमान्डुले त्यसपछि लगातार दुई खेल जित्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेल खेलेको विराटनगरको यो तेस्रो हार हो। समान चार अंक भए पनि कम रनरेटका कारण विराटनगर पाँचौँ स्थानमा झरेको छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा ८३ रनमा समेटिएको थियो। विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा ३ चौका र एक छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१ बलमा २२ तथा बसिर अहमदले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार