शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
मनाेरञ्जन कला

अभिभावकले बच्चासहित हेर्नुपर्ने ‘झिल्को’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ वैशाख, २०८२ मा प्रकाशित
अभिभावकले बच्चासहित हेर्नुपर्ने ‘झिल्को’
काठमाडौं, वैशाख १९ :

डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेको नेपाली चलचित्र ‘झिल्को’ ग्रान्ड प्रिमियरसँगै सार्वजनिक प्रदर्शनमा आएको छ । वितरण कम्पनी डीसीएनले उपलब्ध गराएको तथ्यांकअनुसार चलचित्र आज (शुक्रबार) देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको छ ।

काठमाडौंमा सम्पन्न प्रिमियरमा उपसभामुख इन्दिरा राना मगरको विशेष उपस्थिति रह्यो । उनले चलचित्रले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै ‘झिल्को’ हरेक व्यक्तिका लागि एउटा सिकाइ रहेको धारणा राखिन् । ‘हरेक अभिभावकले आफ्ना बालबालिकासहित हेर्नुपर्ने चलचित्र हो । गाउँपालिका, नगरपालिका तथा अन्य सरकारहरूले यो चलचित्रलाई विशेष चलचित्रका रूपमा सबैलाई देखाउने अभियान चाल्नुपर्छ,’ उपसभामुख रानाले भनिन् ।

प्रिमियर कार्यक्रममा पत्रकार, चलचित्रकर्मी, मनोविज्ञान परामर्शदाता, बाल चिकित्सक तथा बालबालिकाको हितमा क्रियाशील अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो । चिकित्सक र परामर्शदाताहरूले बालबालिकाको मनोविज्ञान र समग्र विकासमा प्रविधिको लतले पारेको असरलाई बुझाउन चलचित्रले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘झिल्को’ले बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरेको छ । बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् । साथमा सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनिश श्रेष्ठ र जेभिश श्रेष्ठलगायतको अभिनय छ ।

यसअघि ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईद्वारा निर्देशित यो चलचित्र मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन् । पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो ।

चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार