
वरिष्ठ गीतकार तथा साहित्यकार डा. रामप्रसाद दाहालको नयाँ गीति भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका अन्जु गौतमको स्वर रहेको उक्त गीत आज युट्युबमार्फत सार्वजनिक गरिएको हो।
मधुर तथा कर्णप्रिय गीत सिर्जनामा परिचित डा. दाहालका यसअघि पनि धेरै गीतले श्रोतामाझ राम्रो चर्चा बटुलिसकेका छन्। सार्वजनिक गीतको बोल रहेको छ।
“कोइलीको कुहुकुहु बनै रमाइलो,
मायालुलाई भेटेपछि मनै रमाइलो”
गीतको छायांकन पूर्वी पहाडी जिल्ला तेह्रथुमको प्रसिद्ध तीनजुरे लालिगुराँस क्षेत्रको रमणीय पहाडमा गरिएको छ, जसले भिडियोको आकर्षण थप बढाएको छ।
यस गीतमा मोडल ज्योति खड्काले अभिनय गरेकी छन्। डा. दाहालका गीतहरूमा यसअघि पल शाह, वर्षा राउत तथा अनु शाह लगायतले पनि मोडलिङ गरिसकेका छन्।
डा. दाहालले हालसम्म झन्डै ३०० हाराहारी गीत लेखिसकेका छ, भने करिब ४० वटा गीत सार्वजनिक भइसकेका छन्। उनका गीतहरूमा अञ्जु पन्त, स्वरूपराज आचार्य, रामकृष्ण ढकाल, शिव परियार, संगीता राना, अन्जु गौतम तथा रीतु कडेल लगायतका चर्चित गायक/गायिकाले स्वर दिइसकेका छन्।