हेटौंडा, वैशाख २० :

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा सडक भासिँदा एउटा गाडी खाल्डोमा हराएको छ। माछा बोकेको ना ४ च ४८३३ नम्बरको गाडी कच्ची सडक भासिएर जमिनभित्रै हराएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब १ बजेतिरको समयमा सडक छेउमा माछा पालन गरिएको पोखरी नजिक रहेको कच्ची सडक भासिँदा गाडी हराएको हो।