शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
राजनीति

पार्टी विभाजनका कारण माओवादी आन्दोलन कमजोर भयो : दाहाल

दाहालले गरे स्वागत, एकताको यात्रामा अघि बढ्न आह्वान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० वैशाख, २०८२ मा प्रकाशित
पार्टी विभाजनका कारण माओवादी आन्दोलन कमजोर भयो : दाहाल
काठमाडौं, वैशाख २० :

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) भएको माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले पुनः माओवादी केन्द्रमा फर्किएका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (कीर्तिपुर-थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् । अध्यक्ष दाहालले कार्यक्रममा यो पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।

‘ध्रुवीकरणमा आउनु भएका मोतिरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आउनुभएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । यो सुरुआत हो,’ उनले भने । उनले पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको संकेत भएको उल्लेख गरे ।

‘तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सिर्जना गर्नेछ,’ उनले भने । दाहालले आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले माओवादी घटकहरू, विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै अहिलेको पुनर्मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।

उनले विगतमा पार्टी विभाजनका कारण आन्दोलन कमजोर भएको बताए । उनले भने, ‘पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन । अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ ।’

दाहालले नेकपा मसालको महासचिवको हैसियतमा आफूले विगतमा खेलेको एकता प्रयासलाई स्मरण गरे । अहिले पनि माओवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयास गरिरहेको उनको दाबी छ । ‘पार्टी एकता र ध्रुवीकरणको वातावरण बनाउन, आधारभूत वर्गलाई विश्वासमा लिन सरकारमा रहँदा पनि हामीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा सुबिचारित भूमिका खेलेको थिएँ,’ उनले भने ।

कार्यक्रमको समापनमा अध्यक्ष दाहालले पुनर्मिलनको यो पहल अर्थपूर्ण र बहुआयामिक भएको उल्लेख गर्दै सबैलाई एकताको यात्रामा अघि बढ्न आह्वान गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार