बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको भेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ वैशाख, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको भेट
काठमाडौं, वैशाख २१ :

प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।

आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार