
काठमाडौँ, भदौ १७ :
आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेको छ ।
आज सुन तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ७९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।