काठमाण्डौं, वैशाख २६ :

रोबर्ट प्रिबस्ट नयाँ पोप चयन भएका छन् ।

क्याथोलिक चर्चका नेताको रूपमा चयन गरिएका ६९ बर्षीय प्रिबस्ट पहिलो अमेरिकी पोप बनेका छन् । उनी पोप लियो चौधौंको रुपमा चिनिनुहुनेछ ।

भ्याटिकनको बाल्कोनीबाट पिटर्स स्क्वायरमा उपस्थित हजारौं मानिसहरुलाई पहिलो पटक पोपको रुपमा शान्तिको लागि आग्रह गर्दै "शान्ति सबैको साथमा होस्,"भनी टिप्पणी गरे। 

शिकागोमा जन्मेका प्रिबस्टलाई सुधारकको रूपमा लिइएको छ र उनले पेरुमा धेरै वर्ष मिशनरीको रूपमा काम गरेका थिए ।

विश्वका नेताहरू पोप लियो चौधौंलाई बधाई दिइरहेका छन् । अमेरिकाको पोप हुनुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले "महान सम्मान" भनि प्रतिक्रिया दिएका छन् ।