बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिँदैनौं : प्रधानमन्त्री ओली

आतंकवादविरुद्ध नेपालको अडानप्रति भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई दिए धन्यवाद
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ वैशाख, २०८२ मा प्रकाशित
द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिँदैनौं : प्रधानमन्त्री ओली
काठमाडौं, वैशाख २६ :

प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत-पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको उनले बताए ।

राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवादसमेत व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतंकवादी हमलाको भर्त्सना गरे ।

नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार