सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
समाचार विदेश

युक्रेनले माग्यो सहयोगी राष्ट्रसँग लामो दूरीसम्म हान्ने हतियार

· आइतबार, १७ भदौ, २०८१ मा प्रकाशित
युक्रेनले माग्यो सहयोगी राष्ट्रसँग लामो दूरीसम्म हान्ने हतियार
भदौ १७ :

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा मित्रराष्ट्रहरूसँग लामो दूरीसम्म हान्न सक्ने हतियारको पहुँच युक्रेनलाई तत्काल दिनुपर्नेमा जोड दिनुभएको छ। 

जेलेन्स्कीले भन्नुभएको छ, “अहिले युक्रेनी प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्रीलगायत युक्रेनी प्रतिनिधिमण्डल वासिङ्टनमा काम सहयोग जुटाउनका लागि काम गरिरहेको छ ।”

युक्रेनको उच्च प्राथमिकता रूसको आक्रमण रोक्न आफ्नो रक्षा बललाई लामो दूरीको क्षमताले सुसज्जित गर्नु रहेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विभिन्न स्तरमा बैठकहरू भएका छन्, र हाम्रो शीर्ष प्राथमिकतामध्ये एक हाम्रो रक्षा बलहरूको लागि दीर्घकालीन क्षमताहरू सुरक्षित गर्नु हो। खार्किभ र युक्रेनका अन्य शहरहरूले सहन बाध्य भएको आतङ्कलाई रोक्न यो महत्त्वपूर्ण छ ।”

जेलेन्स्कीले शहरहरूको सुरक्षाका साथै ऊर्जा पूर्वाधारको सुरक्षामा मद्दत गर्न युक्रेनले आफ्ना सहयोगीहरूसँग हवाई प्रतिरक्षाको बारेमा छलफल गरिरहेको पनि बताउनुभएको छ ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार