शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार कला/साहित्य

‘प्राथमिकतामा निराशाका सन्देश, देश विकासमा अवरोध पुग्यो’

प्रगतिको प्रस्थान विन्दु आशाको सञ्चार हो : मन्त्री पाण्डे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० वैशाख, २०८२ मा प्रकाशित
‘प्राथमिकतामा निराशाका सन्देश, देश विकासमा अवरोध पुग्यो’
काठमाडौं, वैशाख ३० :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान विन्दु नै आशाको सञ्चार भएको बताएका छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा मंगलबार आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहमा उनले पछिल्लो समय निराशाका सन्देशहरूलाई बढी प्राथमिकता दिइएको उल्लेख गरे । उनले त्यसले नै देशको विकासमा अवरोध पुर्‍याउने धारणा राखे ।

उनले देश हाल कुनै पनि प्रकारको द्वन्द्वमा नरहेको तथा सबै मित्र राष्ट्रसँग सु-सम्बन्ध कायम रहेकाले देखिएका समस्या समाधान हुँदै गएको उल्लेख गरे । उनले देश विकासको गतिमा तीव्रता लिने चरणमा प्रवेश गरिएको दाबी पनि गरे ।

मन्त्री पाण्डेले साहित्यकारहरूले समाजलाई अग्रगमनतर्फ डोर्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै समाजको प्रवृत्ति सुधारमा उनीहरूको योगदान अपरिहार्य रहेको बताए ।

समारोहमा यस वर्ष प्रदान गरिएका प्रज्ञा पुरस्कारहरू निम्नानुसार छन् :
प्रज्ञा भाषा पुरस्कार २०७८            चूडामणि रेग्मी
प्रज्ञा सामाजिकशास्त्र पुरस्कार २०७८    दिल साहनी
प्रज्ञा संस्कृति पुरस्कार २०७८            डिक बान्तावा
प्रज्ञा बालसाहित्य पुरस्कार २०७८        शारदारमण नेपाल
प्रज्ञा साहित्य पुरस्कार (पद्य) २०७८    जसराज किराती
प्रज्ञा साहित्य पुरस्कार (गद्य) २०७८     कृष्ण धरावासी
प्रज्ञा समालोचना पुरस्कार २०७८        सुधा त्रिपाठी
प्रज्ञा दर्शन पुरस्कार २०७८            गोपीरमण उपाध्याय
प्रज्ञा अनुवाद पुरस्कार २०७८            बलराम अधिकारी
प्रज्ञा अन्तर्देशीय पुरस्कार २०७८        भविलाल लामिछाने (भारत)
प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार