
काठमाडौं, वैशाख ३१ :
नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताएकी छिन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले दुईतिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताएकी हुन् ।
‘सरकारमा आबद्ध दलहरुको दलगत स्वार्थ नमिलेर अथवा अरु विभिन्न कारणले गभर्नर नियुक्ति हुन सकेको छैन भन्ने जुन कुरा बाहिर आइरहेको छ त्यसले राष्ट्रकै बेइज्जती भइरहेको छ,’ उनले भनिन्, ‘त्यसकारण राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गर्दछु ।’