शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

नारायणकाजी श्रेष्ठको प्रस्ताव : सांसद, मन्त्री र प्रदेश सरकारको संरचना घटाऔं

उनले सांसदलाई कानुन निर्माणमा सीमित गर्न र मन्त्रीहरू संसदबाहिरबाट नियुक्त गर्न प्रस्ताव गरे ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
नारायणकाजी श्रेष्ठको प्रस्ताव : सांसद, मन्त्री र प्रदेश सरकारको संरचना घटाऔं
काठमाडौं, वैशाख ३१ :

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्व र सुशासनका लागि सांसद तथा मन्त्रीहरूको संख्या घटाउनुपर्ने सुझाव दिएका छन्।

राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकलाई संकटबाट जोगाउन संरचनात्मक परिवर्तन आवश्यक रहेको बताए।

नेता श्रेष्ठले महँगो र भ्रष्टीकृत निर्वाचन प्रणाली हटाएर पूर्ण समानुपातिक प्रणालीमा जान, सांसदलाई कानुन निर्माणमा मात्र सीमित गर्न र मन्त्रीहरू संसदबाहिरबाट नियुक्त गर्नुपर्ने प्रस्ताव गरे ।

‘अब निरन्तरतामा क्रमभङ्गता आवश्यक छ,’ उनले भने,  ‘सांसद, मन्त्री र प्रदेश सरकारको संरचना घटाउनुपर्छ।’

उनले विश्वविद्यालय, न्यायालय र संवैधानिक निकायहरूमा भइरहेको राजनीतिक भागबण्डा अन्त्य गरी सुशासन र मितव्ययिता कायम गर्न ठोस कार्यक्रम ल्याउनुपर्नेमा पनि जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार