शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार कला/साहित्य

‘जोडिएका कुरा’ लोकार्पण, दाहाललाई सम्मान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ जेठ, २०८२ मा प्रकाशित
‘जोडिएका कुरा’ लोकार्पण, दाहाललाई सम्मान
काठमाडौं, जेठ १ :

वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाललाई ‘सेवा सदन विशिष्ट सिर्जना सम्मान-२०८२’ बाट सम्मान गरिएको छ ।

दाहाललाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाले सम्मान गरे । सम्मान समारोहमा दाहालद्वारा लेखिएको ‘जोडिएका कुरा’ समालोचना- सिर्जना कृतिको लोकार्पण गरिएको थियो । दाहालको व्यक्तित्व र कृतिबारे प्रकाश पारिएको कार्यक्रममा बैरागी काइँलाले शिक्षा साहित्य र अर्थ साहित्यको कृति निकालेर, गीतहरू लेखेर नेपाली साहित्य क्षेत्रमा दिएको सन्देश विशिष्ट रहेको उल्लेख गरे ।

‘दाहालजीले जुन योगदान नेपाली समाज र साहित्य फाँटमा दिनुभएको छ त्यो सन्देशपरक र विशिष्ट रहेको छ,’ उनले भने,‘जोडिएका कुरा कृतिमा पनि नयाँपन देखिन्छ पाठकका लागि कृति उपयोगी हुने विश्वास मैले लिएको छु । यस अर्थमा सम्मान गर्ने सेवा सदन र सम्मानित हुने दाहालजी बधाईको पात्र हुनुहुन्छ ।’

कार्यक्रममा वरिष्ठ साहित्यकार रोचक घिमिरे, शैलेन्द्र साकार, चट्याङ मास्टर, राजेन्द्र केसी, रामप्रसाद पन्त, ठाकुर शर्मा, प्रा. माधव घिमिरे सन्ध्या पहाडीलगायतले दाहालको बहुआयमिक पाटोलाई चर्चा गरेका थिए ।

नेपाली साहित्य समालोचनाको फाँटमा ‘जोडिएका कुरा’ कृतिले छुट्टै पहिचान दिने कुरामा वक्ताहरुले जोड दिएका थिए । लेखक प्रा.डा. दाहालले कृति जन्माउनुको कारण चर्चा गर्दै मलाई सम्मान गर्ने सेवा सदन र उपस्थित सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा चर्चित कविहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा डिजाइनर दीपेन्द्र बस्नेतलाई नगद सम्मान प्रदान गरिएको थियो । चर्चित गायिका रीतु कँडेल, अञ्जु गौतम र सुमित खड्काले आकर्षक गीत प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार