
काठमाडौं, जेठ २ :
प्रधानमन्त्री केपी ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मिन सोनेया मुर्सिदले शिष्टाचार भेट गरेकी छन् ।
नेपालले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएकी मुर्सिदले प्रधानमन्त्रीको सरकारीनिवास बालुलाटारमा शुक्रबार ओलीसँग भेट गरेकी हुन् ।
भेटका अवसरमा दुई देशबीच रहँदै आएको आपसी र मित्रवत् सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायतको सहभागिता थियो ।