बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

‘जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यबाट चुनौतीको सामना गर्नुपर्छ’

प्रधानमन्त्रीसँग कोप-२९ का अध्यक्षको शिष्टाचार भेट
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ जेठ, २०८२ मा प्रकाशित
‘जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यबाट चुनौतीको सामना गर्नुपर्छ’
काठमाडौं, जेठ ३ :

प्रधानमन्त्री केपी ओलीसँग कोप-२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिकाका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शिष्टाचार भेट गरेका छन् ।

प्रधाननमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको भेटमा ओलीले विश्वव्यापी साझा मुद्दा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरबैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए । उनले हिमालदेखि समुद्रसम्मको अवधारणमा ठुला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरुले साझा प्रयास चाल्नुपर्ने बताए ।

सगरमाथा संवादका लागि नेपाल आएका बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरु विश्व समुदायसमक्ष पुर्‍याउने बताए ।

भेटका अवसरमा नेपालका लागि अजरबैजानका गैरआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार