
काठमाडौं, जेठ ५ :
सर्वोच्च अदालतले बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्तिसम्बन्धी कागजात पेश गर्न आदेश दिएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले नियुक्तिको आधार स्पष्ट पार्न कागजात झिकाउन सरकारलाई आदेश दिएको हो।
अधिवक्ता इन्दिरा धमलाले ओझाको योग्यता प्रश्न उठाउँदै चैत १७ गते रिट दायर गरेकी थिइन्। ओझालाई सरकारले फागुन १३ गते प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो।