सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश बागमती प्रदेश

अहिले राजतन्त्र ल्याउने हो भने देशमै लडाइँ हुन सक्छ : बिजुक्छे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ जेठ, २०८२ मा प्रकाशित
अहिले राजतन्त्र ल्याउने हो भने देशमै लडाइँ हुन सक्छ :  बिजुक्छे
भक्तपुर, जेठ ६ :

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको परिस्थितिमा नेपालमा राजतन्त्र पुनःस्थापना गर्नु अनुचित हुने बताएका छन्।

भक्तपुरमा मंगलबार सञ्चारकर्मीहरूसँग उनले संवैधानिक राजतन्त्रको अवधारणा अस्वीकार गरिएकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहले गद्दी त्याग्नुपरेको स्मरण गराए ।

‘अहिलेको राजाले सबैलाई जेल हाल्यो, विरोध भएर गयो। फेरि आयो भने फेरि जान्छ, बाँकी रहँदैन। यदि भारत वा अमेरिकाले राजतन्त्र ल्याउन खोजे भने देशमा लडाईं हुन्छ,’ उनले चेतावनी दिए। उनले अफगानिस्तानको उदाहरण दिँदै भने, ‘राजालाई बोलाएको थियो, तर गद्दीमा बस्न सकेन।’

बिजुक्छेले वर्तमान दलहरू आपसी झगडामा लागेर बाँकी रहेका केही नदीनाला पनि गुम्ने खतरा रहेको बताएका छन्। ‘राजा आए भने बोलाएर सही गराउँछ, सकिन्छ। तर अहिलेको अवस्थामा राजतन्त्र ल्याउनु हुँदैन,’ उनले प्रस्ट पारे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार