आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

भूमिसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ जेठ, २०८२ मा प्रकाशित
भूमिसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत
काठमाडौं, जेठ ६ :

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो । त्यसलगत्तै सभामुख देवराज घिमिरेले विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न चाहने सांसदलाई विधेयक शाखामा दर्ता गराउन आग्रह गरे ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ गते मङ्गलबार बिहान ११: ०० बजे बस्नेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार