रामेछाप, जेठ ८ :

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना सख्त घाइते भएका छन्  ।

दाोरम्बा-शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौं आइरहेको एम्बुलेन्स रामेछापकै खाँडादेवी गाउँपालिका-३ चारघरेमा बन नजिकै  दुर्घटना हुँदा २ जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।एम्बुलेन्समा सवार अन्य तीन जना सामान्य घाइते भएका छन् ।

सख्त घाइते भएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । उक्त एम्बुलेन्स सडकबाट १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।