
काठमाण्डौं, जेठ ९ :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा आज सुनुवाइ हुदैछ । यसैगरी पूर्व डीआईजी छविलाल जोशीको रिटमा पनि आज हुने भएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा मङ्गलवारदेखि सुनुवाइ जारी छ ।
हिजो रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्व डीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् ।
हिजो सरकारी वकिल गोविन्द खनाल,लोकराज पराजुली लगायतले बहस गरेका थिए । आज सरकारी वकिलको बहस सकिएकाले आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।