सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
समाचार विदेश

हार्वर्डमा ट्रम्प प्रशासनको भर्ना रोक्ने योजना हाललाई स्थगित

· शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
हार्वर्डमा ट्रम्प प्रशासनको भर्ना रोक्ने योजना हाललाई स्थगित
काठमाण्डौं, जेठ १० :

हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार खोस्न खोजिएको ट्रम्प प्रशासनको योजनालाई एक न्यायाधीशले अस्थायी रूपमा रोक लगाउने आदेश दिएका छन्।

हार्वर्डले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेपछि यो आदेश आएको हो ।

हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनको बिहीबारको निर्णयलाई "कानून र अभिव्यक्ति स्वतन्त्रताको खुला उल्लंघन" भनेको छ।

ट्रम्प प्रशासनले हार्वर्डले यहूदी विरोध विरुद्ध पर्याप्त कदम नचालेको र यसको नियुक्ति र भर्ना प्रक्रिया परिवर्तन नगरेको आरोप लगाएको छ । जुन आरोपलाई विश्वविद्यालयले कडा शब्दमा अस्वीकार गरेको छ। अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले शुक्रबार एक छोटो आदेश जारी गर्दै अस्थायी रोक लगाइदिएकी हुन्।

यो आदेशले बिहीबार गृह सुरक्षा विभागद्वारा गरिएको निर्णयलाई रोक लगाएको छ । जसअनुसार हार्वर्डलाई विदेशीसँग सम्बन्धित सरकारी डाटाबेस स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर कार्यक्रमबाट वञ्चित गरिन लागेको थियो।

यस मुद्दाको अर्को सुनुवाइ मे २९ मा बोस्टनमा हुनेछ।

सरकारले हार्वर्डका झण्डै एक चौथाइ अन्तर्राष्ट्रिय विद्यार्थी जसले विश्वविद्यालय र यसको उद्देश्यमा गहिरो योगदान दिएका छन् उनीहरुलाई हटाउने प्रयास गरेको भनी  हार्वर्डले मुद्दामा दाबी गरेको छ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार