बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार बागमती प्रदेश

नागढुंगा-नौबिसे सडक १६ दिन आंशिक बन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
नागढुंगा-नौबिसे सडक १६ दिन आंशिक बन्द
मकवानपुर, जेठ १० :

काठमाडौं प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथअन्तर्गत नागढुंगा-नौबिसे सडक १६ दिन आंशिक रूपमा बन्द हुने भएको छ ।

नागढुंगा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले यसअघि नै सूचना जारी गरी नागढुंगा-नौबिसे खण्डको नागढुंगा-पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म सवारीसाधनको आवतजावत रोकिने भएको हो ।

उक्त समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ जाने सवारीसाधन खानीखोला बजारमा रोकिनेछन्।

सडक योजनाका अनुसार दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध सञ्चालन हुनेछन् ।

-फाइल तस्बिर

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार