
रुसले युक्रेनको किभमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा १४ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
यूक्रेनको हवाई सेनाका अनुसार रूसले किभमा २५० वटा ड्रोन र १४ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । जसले आवासीय भवनहरूमा आगलागी समेत भएको छ ।
यो आक्रमण युक्रेनमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमणहरू मध्ये एक भएको समाचार छ ।
हवाई सेनाले ६ वटा मिसाइल र २ सय ४५ वटा ड्रोन खसालेको बताएको छ ।
शनिबार युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले क्रेमलिनसँगको आदानप्रदान सम्झौता अन्तर्गत ३०७ जना युक्रेनी युद्धबन्दीहरू स्वदेश फर्किएको घोषणा गरेका छन्।
शुक्रबार युक्रेन र रुसले आ-आफ्ना ३९० जना सैनिक तथा नागरिकहरू साटासाट गरेका थिए जुन सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेपछि अहिलेसम्मको सबैभन्दा ठूलो युद्धबन्दी साटासाट थियो।
दुवै देशले १ हजार युद्धबन्दी साटासाट गर्न सहमति जनाएका छन् र भोली अर्को साटासाट हुने अपेक्षा गरिएको छ।