काठमाडौं, जेठ ११ :

नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको जेल सजाय पूरा गरेका युनुस अन्सारीलाई कारागारबाट छुटे लगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ। 

अब उनीमाथि सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी अनुसन्धान सुरु गरिएको छ।

सीआईबीका अनुसार अन्सारीलाई म्याद थपका लागि आइतबार अदालत उपस्थित गराइँदैछ। उनीमाथि यसअघि पनि पटक–पटक नक्कली नोटसहित पक्राउ परेका र जेल सजाय भुक्तान गरेका थिए।

प्रहरीका अनुसार अन्सारीमाथि सुरक्षा चुनौतीसमेत रहेकोले अनुसन्धानका क्रममा हिरासतमै राखिएको हो। 

जेलमै रहेका बेला उनीमाथि भारतीय आपराधिक गिरोहले ज्यान लिने प्रयाससमेत गरेका थिए।