बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

राप्रपा उपाध्यक्ष मिश्रविरुद्ध चारवटा कसुरमा मुद्दा दायर

कार्यक्रम गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आफूले आवेगमा अभिव्यक्ति दिएको स्वीकार गरेका छन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ जेठ, २०८२ मा प्रकाशित
राप्रपा उपाध्यक्ष मिश्रविरुद्ध चारवटा कसुरमा मुद्दा दायर
काठमाडौं, जेठ ११ :

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको अभियोगमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध चारवटा कसुरमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मिश्रसहित अन्य केही व्यक्तिविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुर अन्तर्गत मुद्दा दर्ता गरेको हो।

दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाट भएका थिए। भिड नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।

प्रदर्शनपछि मिश्रलाई प्रहरीले पक्राउ गरी ५० दिनसम्म थुनामा राखेको थियो। सर्वोच्च अदालतको आदेशपछि उनी थुनामुक्त भएका हुन्।

मिश्रले आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आफू केवल अतिथिको रुपमा कार्यक्रममा सहभागी भएको बताएका छन्। उनले हिंसा उक्साएको वा कुनै आपराधिक गतिविधिमा संलग्न भएको दाबी अस्वीकार गरेका छन्।

तर सरकारले अनुमति दिएको स्थानमै कार्यक्रम गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आफूले आवेगमा अभिव्यक्ति दिएको स्वीकार गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार