शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार कला/साहित्य

बानियाँलाई आभास साहित्य सम्मान, ‘अर्हत्’ लाई उत्कृष्ट साहित्य पुरस्कार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
बानियाँलाई आभास साहित्य सम्मान, ‘अर्हत्’ लाई उत्कृष्ट साहित्य पुरस्कार
काठमाडौं, जेठ १२ :

आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ लेखक तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई प्रदान गरिने कोषले जनाएको छ ।

सम्मानित बानियाँ तीन दशकदेखि साहित्य लेखन, समालोचना र सम्पादन क्षेत्रमा सक्रिय छन् । त्यसैगरी, पुरस्कृत अधिकारीका ‘अर्हत्’ सहित ‘निर्वेद’ र ‘ब्रह्मास्त्र’ आख्यानकृति प्रकाशित छन् ।

सम्मान तथा पुरस्कार आगामी जेठ १६ गते विशेष कार्यक्रमबीच राजधानीमा समर्पण गरिने कोषका संयोजक बालकृष्ण श्रेष्ठले बताए ।

यसअघि उक्त पुरस्कार ‘दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ) लाई प्रदान गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार