
काठमाडौं, जेठ १३ :
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रमाण नदेखिएको भन्दै मुद्दा नचल्ने निर्णय गरेपछि बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई रिहा गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड खड्का र धिमाललाई समेतलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने थुप्रै क्षति भएको थियो ।