
गृहमन्त्री रमेश लेखक। फाइल तस्बिर।
भिटिज भिसा प्रकरणमा उठेको विवादबारे गृहमन्त्री रमेश लेखकले आफ्नो पक्ष प्रष्ट पार्ने तयारी गरेका छन्। संसद्मा बोल्न खोज्दा प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेकाले उनले पत्रकार सम्मेलन मार्फत आफ्ना कुरा राख्ने तयारीमा लागेका हुन् ।
गृहमन्त्री लेखक निकट स्रोतका अनुसार उनले पहिले संसद्मै बोल्ने इच्छा व्यक्त गरेका छन् ।विपक्षीहरूले गृहमन्त्रीसँग पदबाट राजीनामा माग गर्दै सदन चल्न दिइरहेका छैनन् ।
गृहमन्त्री स्रोतका अनुसार सकेसम्म संसद्मा नै बोलेर कुरा प्रष्ट्याउने तयारी छ, तर त्यो सम्भव नभए पत्रकार सम्मेलन गरेर कुरा राख्ने योजना छ ।
संसद्मा लगातार अवरोध भइरहयो भने पत्रकार सम्मेलन उनका लागि आफ्नो भनाइ राख्ने दोस्रो विकल्प हुन सक्छ । गृहमन्त्रीले पत्रकार सम्मेलन गरेर आफूले भोगिरहेको आरोपबारे सार्वजनिक रुपमा आफ्नो धारणा राख्ने तयारी गरेका छन्।