
काठमाडौं, जेठ १५ :
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
यसका लागि वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने उनले बताए । साथै अर्थमन्त्री पौडेलले भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माणको घोषणा समेत गरेका छन् ।